माछापुछ्रे गाऊपालीका वडा नंम्बर २ को आर्थिक वर्ष २०८१/०८२ को योजना तर्जुमा गोष्ठी सम्पन्न
453 Views
कास्की । कास्की जिल्लाको माछापुछ्रे गाउपालीका वडा नं २ स्थीत वडाको आर्थिक वर्ष २०८१/०८२ को योजना तर्जुमा गोष्ठी सम्पन्न ।
वडा नं २ स्थीत कार्यलयमा वडा अध्यक्ष श्री गणेश आचार्यको संयोजक तथा वडाबाट निर्बाचित सम्पुर्ण वडा सदस्यहरुको सहभागितामा गोष्ठी सम्पन्न भएको थियो । माछापुछ्रे गाउपालीका वडा नं २ भित्र गर्नू पर्ने बिकासको पुर्बधारहरुको माध्यनजर गर्दै यस वडा भित्र भएको टोल गाउ बस्तीहरुबाट् बिकास र सुबिधाको लागी हरेक टोलबाट उपस्थीत प्रतिनीधिहरुबाट आफ्नो क्षेत्रमा भएको अभाव तथा स्तरोन्नति देखिको बाटो,खाने पानी, सिंचाई, धार्मिक संस्था, सौर्य बिधुत र सामुदायिक भवन जस्ता आदिको बिकास समृद्दी तथा सम्बर्द्धनको मध्यनजर गर्दै वडा सचिब राममाया भट्टराई ज्युको जानकारी अनुसार लगभग ६५ वटा भन्दा बढी बिकास को योजनाहरुको निबेदन सङ्कलन गरि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।





प्रतिक्रिया दिनुहोस