निजि तथा सरकारी अस्पतालहरुले, द्धन्द्ध पिडितलाई निःशुल्क सेवा दिने प्रतिवद्धता
393 Views
शम्भु चौधरी सिरहा २५ बैशाख । सिरहा धनगडीमाई नगरपालिका अन्तरगतका निजि तथा सरकारी अस्पतालहरुसंगको सम्वाद कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
संक्रणकालिन समयमा ने क पा माओवादी र सरकार बिचको भएको जनयुद्धमा नगर भित्र जम्मा २९ जना द्धन्द्ध पिडित फेला परेको छ । वहाँहरुलाई स्वास्थ्य सेवा निः शुल्क रुपमा प्रदानका लागी यो कार्यक्रम भएको कार्यक्रमका समाजिक परिचालक जनक परियारले बताए ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा निमित प्रमुख प्रशासकिय अधिकृत विसेश्वर यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष यादवका अनुसार स्वास्थ्य सेवा ऐन २०७५ अनुसार निजि तथा सरकारी अस्पतालहरुलाई हाम्रो ऐन कानूनमा भएको मापदण्ड अनुसार कार्य गर्न सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका थिए । द्धन्द्धपिडितलाई कानूनमा पनि निः शुल्क सेवा दिने प्रवधान बनेको छ ।
नयनपुर अस्पतालका ईन्चार्ज रामबिलास चौधरीका अनुसार पालिका भित्रका द्धन्द्ध पिडितहरुको डाटा हुनु परियो । त्यो सम्बन्धि पालिका स्तरबाट निर्देशिका हुनु परयो निजि तथा सरकारी अस्पतालहरुको सम्पुर्ण सेवाहरुमा एक रुपता हुनु जरुरी भएको देखछ । हुन त कामी सरकारी अस्पतालले कुनै न कुनै किसिमबाट छुट दिरहको नै हुनेछौ ।
यता स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकाश कुमार परियारका अनुसार नगर पालिका भित्रमा दर्ता भएको सम्पुर्ण पोलिक्निकहरुलाई समयमा नै नविकरण गर्नु पर्नेमा जोड दिएका थिए ।
न्यायमा पहुच सबलिकरण कार्यक्रमका कार्यक्रम संयोजक रामकृपाल साहका अनुसार द्धन्द्ध पिडितको पहिचानको लागी पालिकाबाट परिचय पत्रको व्यवस्था मिलाउनेका जोड दिएका थिए ।
ईन्टरनेश्नल अलर्टको सहयोग, धनगढीमाई न पा स्वास्थ्य शाखाको समन्वय र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा दुई दर्जन भन्दा बडी स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । उपस्थित सम्पुर्ण स्वास्थ्यकर्मीहरुले द्धन्द्ध पिडितलाई निः शुल्क सेवा दिने प्रतिवद्धता जनाएको छन ।
प्रतिक्रिया दिनुहोस