देवर्शी गोत्रीय रानाभाट बन्धुहरुको कुलपुजा भाट्खोला स्याङजामा सम्पन्न
117 Views

कास्की, १४ चैत ।फेदिखोला गाउपालिका वडा नं ३ भाटखोला लोलसरी चिप्लेटीमा रहेको कुल मन्दिर मा पुजा सम्पन्न भएको हो ।
२०८० साल फागुन २९ र ३० गते भएको कुल पुजा कार्यक्रममा २९ गते मन्दिर निर्माण तथा प्रतीक्षालय निर्माण मा सहयोग गर्ने गोत्रीय बन्धु हरुलाई सम्मान गरिएको थियो ।
सो अबसरमा देशका विभिन्न जिल्लाहरु रुपन्देही, चितवन, माडी, काठमाडौ, भैरहवा, पोखरा तथा भारतको आसाम, सिलोङमा रहनुहुने गोत्रीय बन्धुहरु तथा इस्टमित्रहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा २० हजार भन्दा माथि सहयोग गर्ने दातालाई सम्मान पत्र, दोसल्ला, २ हजार भन्दा माथि चन्दादाता चेलीबेटीहरु, ७५ बर्ष भन्दा माथीका आमा बुबाहरुलाई, आर्थिक संकलनमा खटिने थमन सिं रानाभाट र गोबिन्द रानाभाट, प्रचारप्रसारमा सहयोग गर्ने कृष्ण रानाभाट, स्थानीय लगनशील युवा क्लब, आमा समुहहरुलाई सम्मान गरिएको थियो ।
फेदिखोला गाउपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता देवर्षि गोत्र इस्ट कुल देवता पुजा ब्यबस्थापन समितिका अध्यक्ष डिल बहादुर रानाभाटले गरेका थिए भने स्वागत आर्थिक संकलन उपसमिति संयोजक दिपेन्द्र बहादुर रानाभाट र संचालन सचीव परशुराम रानाभाटले गर्नु भएको थियो।
प्रतिक्रिया दिनुहोस