उदयपुरको बहेडवा सामुदायिक थारु होम स्टेले गरे पत्रकार सम्मेलन
807 Views
गाईघाट / बहेडवा सामुदायिक थारु होम स्टेले पत्रकार सम्मेलन गरेका छन् । त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको होम स्टेले आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन देखि सुरु हुने बयलगाडा सफारी ( लहुरु ) को बारेमा अध्यक्ष भगवानसिंह चौधरीले बताउनु भयो ।
चौधरीले लोप हुन लागेको बयलगाडालाई हामी हाम्रो होम स्टे बाट सेवा दिएर जिबन्त राख्ना चाहेको बताए । पहिलेको दिनहरु सम्झिन्दै चौधरीले अहिले नेपालमा बयलगाडा मर्मत गर्ने कुनै ग्यारेज नहुदा भारत बाट कारिगड ल्याएर मर्मत गरेको बताए ।
हामिलाई थाहा छ दु:ख छ तर पनि हाम्रो थारु समुदायको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु र होम स्टेको हकहितको लागि बयलगाडा सफारी संचालन ल्याउन लागेको अध्यक्ष चौधरी जानकारी दिनु भयो । उद्दघाटनमा सम्पूर्ण बुद्धिजीबी, समाजसेवी पत्रकारहरुलाई उपस्थितिको लागि अध्यक्ष चौधरीले अनुरोध गर्नु भयो थियो ।
होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिले बताए । समितिका अनुसार सफारी बहेडवाको थरुहट चौक देखि समाजसेवि समुहको कार्यालय लगाएत पुर्वटाेलको बाटाे हुँदै वडा अध्यक्ष नबिन चौधरीको घर पुगेर करिब दुई कि.मि यात्रा पछि पुन थरुहट चौक पुग्ने र सफारी गर्दा प्रति व्यति रु.१०० लाग्ने समितिले जनाए ।
बयलगाडा सफारीबाट उठेको रकम साँस्कृतिक भवन बनाउन खर्च गरिने साथै प्याकेजमा थारु खाजा सेट रु. २०० मा आफुले चाहे जति खान सकिने पनि समितिले जनाए ।
बहेडवा सामुदायिक थारु होम स्टेमा थारु परिकार माछा, गँगटा, घुँगी, पकौडा, रोटीलगायत पाहुनाको चाहनाअनुसार लोकल कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराइन्छ । यो होम स्टे देश कै उत्कृष्ट ३ मध्ये एकमा पर्न सफल भएको थियो । बयल गाडा सफारीलाई जिल्ला होटेल तथा प्रर्यटन व्यवसायी संघ,मलिथम थारु सेवा समाज, था.क.का.स नगर समिति, क्षेत्रीय समितिहरुको समन्वय/सहकार्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस