सुनापतिको भीरकोटमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
725 Views

रोमन लामा (क्षितिज)
रामेछाप ५ फाल्गुण खोज मिडिया । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा यस वर्षको सोनाम ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम वडा नं-५, को भीरकोटमा आज फाल्गुण ५ गते सम्पन्न भएको छ । आज सम्पन्न भएको कार्यक्रम सुनापति गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको छ । आज भएको सोनाम ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान र बिशेष अतिथिमा सुनापति गाउँपालिकाको अध्यक्ष ठुलोकान्छा तामाङ रहनु हुने भएको थियो।
भीरकोटमा भएको सोनाम ल्होछार विशेष सांस्कृतिकमा कार्यक्रममा ६,७५,०००।- खर्च भएको जानकारी बृहत ल्होछार मूल समारोह समितिको अध्यक्ष सुर्य बहादुर लामाले जानकारी दिनु भएको छ ।
आजको कार्यक्रममा स्थानीय सस्कृति झल्कने झाँकी, ताम्बा, लामा गुरुहरुबाट पुजापाठ, खैचडी भजन, हाकु पटासी प्रदर्शनी लगायत स्थानीय विद्यालयको विधार्थीहरूको नृत्य समेत भएको थियो । कार्यक्रममा गायक रोज मोक्तानको गायन प्रस्तुतिको साथमा अन्य कलाकाहरूको समेत बेजोड प्रस्तुति रहेको थियो । त्डायसैगरी डायनामिक डान्स स्टुडियोको नृत्य लगायत बिभिन्न कलाकारको नृत्य तथा साँस्कृतिक प्रस्तुतिहरू समावेश रहेको थियो ।
ल्होछार बिशेष बृहत सांस्कृतिक कार्यक्रममा विभिन्न संघ संस्थाका कार्यालय प्रमुख र त्यहाँका कर्मचारी, विभिन्न राजनीतिक दलको प्रतिनिधीहरु, छिमेकी गाउँपालिकाको जनप्रतिनिधिहरू, विद्यालय प्र.अ. तथा शिक्षकहरू, विद्यार्थीहरू, लामा, बोंबो, शिक्षाप्रेमि तथा बुद्धिजीवी लगायतका सम्पूर्णमा महानुभावहरुको राम्रो उपस्थितको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस