रामेछाप जिल्लाको सुनापति-५ मा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुँदै
745 Views
रोमन लामा (क्षितिज)
रामेछाप २५ माघ खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा यस वर्षको ल्होछार विशेष वडा नं-५, को भिरकोटमा नेपाल तामाङ घेदुङ सुनापतिको समन्वय र सुनापति गाउँपालिकाको आर्थिक सहयोगमा यहीं मिति २०८० फाल्गुण ५ गते शनिवारको दिन बृहत ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। सो कार्यक्रमको प्रमुख अतिथिमा बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान र बिशेष अतिथिमा सुनापति गाउँपालिकाको अध्यक्ष ठुलोकान्छा तामाङ रहनु हुने भएको छ।
उक्त कार्यक्रममा स्थानीय सस्कृति झल्कने झाँकी, ताम्बा, खैचडी भजन, लामा गुरुहरुबाट पुजापाठ, हाकु पटासी प्रदर्शनी लगायत स्थानीय विद्यालयको विधार्थीहरूको नृत्य कार्यक्रम पनि हुनेछ । सो कार्यक्रममा गायक रोज मोक्तानको गायन प्रस्तुति रहने छ भने अन्य कलाकाहरूमा प्रेम लामा ‘बैरागी च्याङ्बा’, राज कुमार दोङ, अभिशेक तामाङ, प्रविन्स मोक्तान, प्रदिप लामा रहेको छ भने डायनामिक डान्स स्टुडियोको नृत्य लगायत बिभिन्न कलाकारको नृत्य तथा साँस्कृतिक प्रस्तुति पनि रहने छ।
उक्त ल्होछार बिशेष बृहत सांस्कृतिक कार्यक्रममा उपस्थित हुन लागि विभिन्न संघ संस्थाका कार्यालय प्रमुख र त्यहाँका कर्मचारी, विभिन्न राजनीतिक दलको प्रतिनिधीहरु, छिमेकी गाउँपालिकाको जनप्रतिनिधिहरू, विद्यालय प्र.अ. तथा शिक्षकहरू, विद्यार्थीहरू, लामा, बोंबो, शिक्षाप्रेमि तथा बुद्धिजीवी लगायतका सम्पूर्णमा महानुभावहरुलाई उपस्थितको लागि नेपाल तामाङ घेदुङ सुनापति वडा-५ को संयोजक/अध्यक्ष सुर्य बहादुर लामा अनुरोध गर्नुभएको छ। सो कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो र सम्मान पत्र वितरण गर्ने कार्यक्रम पनि रहेको छ। सो सम्बन्धि जानकारी नेपाल तामाङ घेदुङ सुनापति वडा-५ को संयोजक/अध्यक्ष सुर्य बहादुर लामाले खोज मिडियासँग बताउनु भएको छ।






प्रतिक्रिया दिनुहोस