रामेछापको सुनापति गाउँपालिकामा सोनाम ल्होछार मनाउन दुई दिन सार्वजनिक बिदा
1066 Views
रोमन लामा (क्षितिज)
रामेछाप २४ माघ खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार पर्व मनाउन शनिबार बाहेक अरु थप दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सुनापति गाउँपालिकाले सधै ल्होछार पर्वमा ३ दिन बिदा दिने गरेको थियो तर यो वर्ष सोनाम ल्होछार शनिबारको दिन परेकोले २ मात्रै सार्बजनिक बिदा दिने भएको छ ।
मंजुश्री वर्ष ‘२८६० औँ (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा’ यस गाउँपालिका अन्तर्गत सम्पूर्ण सरकारी निकाय, विद्यालय, बैंक तथा बित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय’ भएको छ । विशेषत तामाङ समुदायको बसोबास रहेको यो गाउँपालिकामा ल्होछार पर्वलाई हर्ष उल्लासको साथ मनाउने गरेको छ ।






प्रतिक्रिया दिनुहोस