यो आ.व.मा विद्यार्थीहरूले पाउदै आएको खाजा खर्च कटौती गर्दै
490 Views
रोमन लामा (क्षितिज)
रामेछाप ३ श्रावण खोज मिडिया। अब देखि सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजा बापत दिदै खाजा कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिईने भएको छ । अघिल्लो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई खुवाउने गरिएको थियो । सो नियमअनुसार यो आ.व. मा कक्षा ७ सम्मका विद्यार्थीहरूलाई दिइनुपर्नेमा यो १ अर्ब बजेट अभाव भएकोले दिवा खाजा कटौती गर्नु परेको शिक्षा मन्त्रालय योजना महाशाखाका प्रमुख समेत रहेका सहसचिव डा. हरिप्रसाद लम्सालले बताउनु भयो।
यस वर्ष ३२ लाख विद्यार्थीलाई मात्रै दिवा खाजाको व्यवस्था गर्न सकिने उनको भनाई छ । ‘त्यो ३२ लाख भनेको १ देखि ५ सम्मका विद्यार्थी मात्रै हुन्, ’ प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको छलफलमा उनले भने, ‘६ कक्षाका विद्यार्थीलाई दिवा खाजा छैन । ड्रप आउट हटाउँदा कति पुग्दो रहेछ योजना बनाइरहेका छौं ।’ सरकारले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैंया र अन्यत्र एक दिनको १५ रुपैंया खाजा खर्च दिदै आएको छ । सांसदहरुले खाजा खर्च कटौती गरेको भन्दै वि रध गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद सुमना श्रेष्ठले अबण्डामा रहेको बजेटबाट भए पनि बालबालिकाले पाइरहेको खाजा निरन्तर दिनुपर्ने बताइन् । विद्यालयले दिने खाजा चाउचाउ, बिस्कुट र चिउरा मात्रै भएको भन्दै सांसदहरुले विरोध जनाए । मन्त्रालयका अधिकारीहरुले भने निर्देशिका बनाएर दैनिक खुवाउने खाजाको मेनु नै तयार भएको दावि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस