धनगढीमा भन्सार छलीका सामान वेबारिसे अवस्थामा फेला
447 Views
धनगढी, २९ जेठ । धनगढीमा भन्सार छलीका सामान वेबारिसे अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भारतबाट भन्सार छलिगरी ल्याएका स्कुल टाई, स्कुल बेल्ट, अबिर, पानिपुरी, लगायतका अन्दाजी २० हजार बराबरको सामान फेला परेको हो।
यस्तै धनगढी–२ बडाहारामा भारतबाट भन्सार छलिगरी ल्याएका पाँच हजार बराबरको जुत्ता, चप्पल,लगायतका सामान फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली र प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले वेबारिसे अवस्थामा उक्त सामान फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस