हिउँमाथि पढाइ,जोखिमपूर्ण कोठामै रात बिताउन बाध्य
734 Views
धनगढी, १८ माघ । बाजुराको बिच्छ्या केन्द्रबिन्दु भएर गत बिहीबार ४.१ म्याग्निच्युडको भूकम्प गयो । त्यसको असर सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयमा पनि पर्यो । बूढीनन्दा नगरपालिका–९ पाण्डुसेनको काँध नजिक डप्कामा रहेको विद्यालयका भवन चिराचिरा भए ।
कक्षा कोठाभित्र बस्न सक्ने अवस्था छैनन् । केही उपाय नभएपछि विद्यालयले बालबालिकालाई अहिले हिउँले ढपक्क ढाकिएको चौरमै राखेर पढाइरहेको जनाएको छ । कठ्यांग्रिँदो जाडोमा हिउँमाथि बसेर पढ्नुपर्ने बाध्यता एकातिर छ भने आवासीय विद्यालय भएकाले यहीं बस्ने ६० बालबालिका जोखिममै रात बिताइरहेका छन् ।
भूकम्पले भवन चिराचिरा पारेपछि बालबालिकालाई सुताउन पनि जोखिम भएको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए । ‘दिउँसो पढाउने र राति आवासीय बालबालिकालाई त्यहींको कोठामा सुताउने गर्थ्यौं,’ उनले भने ‘भुइँचालोले ती कोठा फनि चर्केका छन् कति बेला भत्किन्छ भन्ने डरले रातभरि झस्काइरहन्छ । अर्को विकल्प नभएकाले चर्केका कोठामै बच्चालाई सुताउन बाध्य छौं ।’





प्रतिक्रिया दिनुहोस