हेमजाको सेति किनार सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटायो
459 Views
हेमजा, माघ, पोखरा–२५ हेमजाको सेति किनार सहस्त्रधारा स्थीत रहेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ ।
पोखरा महनगरपालिका प्रवक्ता एवं पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिवार नगर प्रहरीको टोलीले उक्त टहरा हटाएको हो । उक्त सरकारी जग्गामा छिमेकी गाउँ घान्द्रुक, धादिङ साथै अन्य विभिन्न जिल्लाका बासिन्दाले बिगत पाच सात वर्ष देखि जस्ता, सिमेन्ट बाट निर्मित टहरामा सुँगुर ,हास कुखुरा पाल्दै साथै ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन्मा दैनिकि मजदुरी गर्दै अस्थायी रुपमा नदि किनारमा बसोबस गदै आहिरहेका थिए । वडा अध्यक्ष तिमिल्सिनाका अनुसार विगत ३ महिना देखि उक्त क्षेत्रको सरकारी जग्गामा निर्माण भएका टहरा हटाउ पटक पटक अनरोध गर्द पनि अटेर गरेपछि वडा कार्यालय २५ हेमजाले डोजर नै लगाएर टहरा हटाएको बताउनु भयो ।
सोहि अवसरमा सरकारी जग्गामा जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै अगमिदिनमा निर्माण नगर्न समेत आग्रह गर्नू भएको छ । सुकुम्वासीका नाममा अतिक्रमण बडदै गएकोले वडा न.२५ सचेत रहेन समेत उल्लेख गर्नु भयो ।





प्रतिक्रिया दिनुहोस