चार महिनापछि नेपालमा कोरोनाबाट एक महिलाको मृ’त्यु, कोरोनाविरुद्धको कुनै खोप नलगाएको खुल्यो
446 Views
सुनसरी, २ साउन, गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृ’त्यु भएको छ ।
गत फागुनबाट कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या शून्यमा झरे पनि आइतबार भने एक महिलाको धरानमा मृ’त्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार ५६ वर्षीया महिलाको मृ’त्यु भएको हो । मृ’तक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ ।
कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५३ जनाको मृ’त्यु भइसकेको छ । ३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे– राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृ’त्यु भएको थियो ।





प्रतिक्रिया दिनुहोस