नेपालमा थपिए १६८ कोरोना सं’क्रमित
484 Views
काठमाडौं, २७ असार, नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना कोरोना सं’क्रमण पुष्टि भएको छ । एक हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा सं’क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा सं’क्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् । आज कोरोना सं’क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।





प्रतिक्रिया दिनुहोस