एकै दिन १८ हजार कोभिड संक्रमित
525 Views
एजेन्सी
नयाँ दिल्ली, २७ असार, भारतमा को’भिड सं’क्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ सं’क्रमित थपिएका छन् । यससँगै कुल सं’क्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृ’त्युसँगै कोभिडबाट मृ’त्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल स’क्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय सं’क्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । को’भिड सं’क्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।





प्रतिक्रिया दिनुहोस