सपिङ मलमा गो’ली चल्यो, तीन जनाको मृ’त्यु
484 Views
एजेन्सी
कोपनहेगन, २० असार, डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गो’लीकाण्डमा कम्तीमा तीन जनाको मृ’त्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना ग’म्भीर घा’इते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि प’क्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए ।
संदिग्धलाई प’क्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।
गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए । उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस