गर्भपतनको संवैधानिक अधिकार खारेजी गर्दा देशभर विरोध प्रदर्शन
423 Views
एजेन्सी
सिड्नी, १९ असार, अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनस्र्थापना गरिदिएको थियो ।
अष्ट्रेलियाको सबैभन्दा ठूलो ¥यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए ।
अमेरिकामा जस्तै अष्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरु नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसंख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अष्ट्रेलियाको अन्तिम राज्य हो ।





प्रतिक्रिया दिनुहोस