जन्ती बोकेको जीप दु’र्घटना, ६ जना घा’इते
526 Views
सल्यान, ५ असार, सल्यानमा जन्ती बोकेको जीप दु’र्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दु’र्घटनामा परेको हो ।
दु’र्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घा’इते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस