६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौ’न दु’र्व्यवहार
556 Views
एजेन्सी
वर्लिन, ३१ जेठ, जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दु’र्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ ।
युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिसमा ६१० जना दु’र्व्यवहार पीडितको आधिकारिक रेकर्ड छ । यद्यपि, अध्ययनमा संलग्न इतिहासकार नताली पोवरोज्निकले पीडितको वास्तविक संख्या धेरै बढी हुनसक्ने बताइन् । उनका अनुसार करिब ५ हजारदेखि ६ हजार जना युवायुवती पीडित छन् ।
रिपोर्टअनुसार १९३ जना पादरीले कम्तीमा ५ हजार ७ सय यौ’न दु’र्व्यवहारका घटना गराएका थिए । संलग्न पाँच प्रतिशत पादरीहरू शृंखलाबद्ध अपराधीहरू फेला परेका थिए । उनीहरूले दश भन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएका थिए । दश प्रतिशतभन्दा कमले कानुनी परिणामहरूको सामना गरेका थिए ।





प्रतिक्रिया दिनुहोस