नेपालमा थप ५ हजार २ सय ९२ जनामा को*रोना सं*क्रमण पुष्टि
540 Views
पछिल्लो पटक नेपालमा थप ५ हजार २ सय ९२ जनामा को*रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० हजार ३ सय ६८ जनामा गरिएको परिक्षणबाट ३ हजार ४ सय ७२ र ५ हजार ७ सय २० जनामा एन्टीजेन परीक्षण हुँदा १ हजार ८ सय २० जनामा सं*क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ८ हजार १ सय ९१ जना सं*क्रमणमुक्त भएका छन् । थप ८ जना कोरोना सं*क्रमितको मृ*त्यु भएको छ । योसंगै कोरोना सं*क्रमणका कारण नेपालमा मृ*त्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ । मूलुकभर सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ जना रहेको छ ।
यसैबीच १८ वर्ष वा सो भन्दा लक्षित जनसंख्याको ७१ दशमलव ३ प्रतिशतले दुबै मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै ८३ दशमलव ७ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।





प्रतिक्रिया दिनुहोस