हुम्लामा साउनपछि पहिलाे पटक काे*भिड सं*क्रमित, एकैदिन आठ जनामा सं*क्रमण
539 Views
सिमकोट, ८ माघ, खोज मिडिया । हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएकाे छ । जिल्ला अस्पता हुम्लामा २८ जनाकाे एन्टिजेन विधिबाट को*रोना परीक्षण गरिएकामा ८ जनामा संक्रमण पुष्टि भएको हाे ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएकाे थियाे । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
को*रोना सं*क्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।
सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएकाे छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।
गत साउनपछि को*रोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो को*रोना सं*क्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले को*रोना भा*इरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।
को*रोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा सं*क्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको को*रोनाकै कारण मृ*त्यु भएको थियो ।





प्रतिक्रिया दिनुहोस