सांसदको छुरा प्रहार गरेर ह*त्या
440 Views
लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर ह*त्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्र*हार भएको थियो ।
एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आ*क्रमण भएको थियो।
सांसदको ह*त्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन् । आ*क्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्र*हार गरेको पोस्टमाटममा
देखिएको छ ।
६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् । अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।





प्रतिक्रिया दिनुहोस