म्याद नाघेका खाद्यवस्तु बेच्ने पसल सिल, डेढ लाख जरिमाना
812 Views
बागलुङ, २१ असोज, खोज मिडिया । म्याद सकिएका खाद्यवस्तु बिक्री गर्ने बागलुङ बजारको एउटा किराना पसल सिल गरिएको छ । १ लाख ५० हजार रुपैयाँ जरिमाना पनि असुल गरिएकाे छ ।
बागलुङ नगरपालिका-४ उपल्लाचौरको कुँडुले जाने घुम्तीमा सञ्चालित जालपा सेन्टरमा अनुगमन गर्दा ८० प्रतिशत सामग्री म्याद गुज्रेका फेला परेपछि सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सवन्साकुमार महतोले जानकारी दिए । ‘पसल नै डम्पिङ साइटजस्तो छ,’ महतोले भने, ‘म्याद नाघेका खाद्यवस्तु बेच्ने गरेकाे पाइएपछि सिल गरिएकाे हाे ।’
एक हप्ताको म्याद दिएर सुधार गर्न निर्देशनसहित सिल गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस