तालिवानले १३ सर्वसाधारणको ह*त्या गरे
912 Views
एजेन्सी
काबुल, १९ असोज, खोज मिडिया । तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको ह*त्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको ह*त्या गरेको अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् ।
३० अगस्टमा करिब ३०० तालिवान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ) का पूर्व सदस्यको ह*त्या गरेका थिए । मारिएकामध्ये नौ जनाको शव नदीमा फालिएको थियो । आत्मसमर्पणपछि उनीहरुको ह*त्या भएको अधिकारवादी समूहले जनाएको छ ।
तालिवानले अफगान सेनालाई आक्रमण गर्ने क्रममा सर्वसाधरणको पनि हत्या गरेको हो । मारिनेमध्ये अधिकांश २४ देखि ४६ वर्षका छन् । सन् १९९६ देखि २००१ मा सत्तामा हुँदा तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिको ह*त्या गरेको थियो ।
तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिलाई ह*त्या गरेको यो दोस्रो पटक हो । यसअघि काबुल कब्जा गर्नुअघि गत जुनमा गजनी प्रान्तमा तालिवानले नौ जनाको ह*त्या गरेको थियो । उनीहरू सबै हजरा समुदायका व्यक्ति थिए ।





प्रतिक्रिया दिनुहोस