जन्मने दिनदेखि सुतेकी सुमित्र कहिले उठ्लिन ?
990 Views
रजनी तामाङ्ग,
बैतडी, खोज मिडिया २ असोज । मानिसको जीवन जन्म निश्चित छ तर मृत्यु निश्चित छैन । जन्मिनु भन्दा पहिले आमाको कोख भित्र बसेका बच्चा कस्तो हुन्छ भन्ने बारे आमालाई थाह भएको भए सायद आज ति आमाहरु पिडा भोगनु पर्ने थिएन होल। । यसै गरि बैतडीको मेलौली नगरपालिका वडा नं ७ पचकोराकी सुमित्रा पार्की २० अहिले बर्ष पुगेकी छिन ।
जन्मने बित्तिकैका दिनदेखि सुतिरहेकी उनि आज सम्म पनि उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा ५ बर्ष पुग्दा सम्म भने केही स्वास्थ्य सुधार भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिदै गएको उनको परिवार बताउछन ।
“उनी बोल्न पनि सक्दिनन् । अहिले उनी कोही नभएको बेला बाबा, दिदीदादा मात्रै भन्ने गर्छिन । उनको होस पुरै छ तर! उठ्न, हिड्न र बोल्न भने सक्दैनन् । कोही मान्छे भेट्न पुग्यो भने उसको बारेमा बाआमासँग इसाराले बताउछन”। सुमित्राका बुवा प्रतापले भने । सुमित्राका लागि हरेक बेला एकजना घरमा स्याहार गर्ने मान्छे हुनुपर्छ ।
सुमित्राको उपचारका लागी नेपाल र भारतका १ दर्जन भन्दा बढि अस्पताल पुरायो तर ,उपचार भने सम्भव भएन् । दिनदिनै उनको अवस्था बिग्रदै गएको छ । पूर्ण अशक्त को वर्गीकरणमा रहेकी सुमित्रा मासिक रुपमा अपांगता भत्ता पाउँछन । विगतमा गाउँमै भत्ता वितरण हुनेहुदाँ समस्या थिएन । तर अबदेखि बैंक खातामार्फत भत्ता पाइने भएकाले उनका बुवाआमाले नागरिकता बनाउन १० हजारमा जीप रिर्जभ गरी जिल्ला प्रशासन कार्यालयसम्म पुराएका छन ।
सुमित्राकी आमा शान्तीदेबीले भनिन्! “आज सदरमुकाम आउन १० हजारमा गाडी बुकिङ गर्यो । अब बैंकमा खाता खोलेको दिन पनि गाडी बुकिङ गर्नुपर्ने हो । उसैको भत्ता पाएपछि पैसा तिरौला भनेर गाडी बुकिङ्ग गर्ने जनाए ।”सुमित्रा एक्ली सन्तान भने होइनन् । उनी ५ भाइ बहिनीको बिचकी हुन् । उनका १ दिदी र १ दाइ जेठा छन् भने, भाइ र बहिनी छन् । उनी दिनभर आफ्नै हालतमा घरमै हुन्छिन् । बालक भुलाएजस्तै कहिलेसम्म भुलाउनु पर्ने हो थाहा छैन् । सुमित्राकी आमा शान्तीदेबीले भनिन् “उनलाई खाना खुवाउने, सरसफाई गरिदिने, दिशापिसाब सबै हामीले सफा गरिदिनुपर्छ । महिनावारी भएको बेला सरसफाई गरिदिन्छौँ । भाग्यमै यस्तै मागेर ल्याइन् । के गर्ने ?”
पुर्ण असक्त रहेकी सुमित्रालाई सामाजिक सुरक्षा भत्ताबाहेक अरु सहयोग भने कतैबाट पनि पाइएको छैन् । उनको घरको आर्थिक अवस्था अत्यन्तै दयनिय छ । बिगतमा सुमित्राका बुवा प्रताप भारतमा सानतिनो रोजगारी गरेर जिविका चलाउने गरेकोमा अहिले उमेर ढल्किदैँ जादाँ घरमै छन् । “हामी जस्ता अपांगताका परिवारलाई पनि कुनै निकायले हेरिदिए हुन्थ्यो । बिगतमा कमाएको पैसा छोरीकै उपचारमा खर्च भयो ।
अहिले दैनिक हातमुख जोड्न समस्या भएको छ । प्रताप भन्छन् “कतै छोरीलाई ठुलो अस्पतालमा उपचार गराउन सके निको पो हुन्थ्यो की ? कसैले हामीलाई पनि सहयोग गर्लान की ? सुमित्राका बुवाआमालाई यही कुराले मनमा दिनरात झस्काइरहेको छ ।”





प्रतिक्रिया दिनुहोस