रामेछापको रविन्द्र चौलागाई नेपाल परिवार दल निकट पिस फोर्सको केन्द्रिय अध्यक्षमा चयन
2143 Views
रोमन लामा
रामेछाप १५ भाद्र खोज मिडिया। नेपाल परिवार दलको युवा संगठन पिस फोर्सको अध्यक्षमा रामेछाप जिल्ला स्थायी घर भई हाल काभ्रे निवासी रबिन्द्र चौलागाई नियुक्त भएका छन्। सोमबार बसेको केन्द्रीय कार्य समितिको बैठकले रविन्द्र चौलागाईलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। चौलागाईको प्रदेश ३ मा निकै राम्रो पकड रहेको छ। उनको यो जिम्मेवारी सँगै उनलाई भावी नेत्रृत्वको निम्ति शशक्त युवा नेताको रूपमा समेत हेरिएको छ। उनको कोरिया, थाइल्याण्ड, भारत लगायत बिभिन्न देशहरूमा राम्रो जन सञ्चार भएकै पनि रविन्द्रको नेत्रृत्वले परिवार दललाई ठुलो सहयोग हुने देखिएको छ। साथै सोमबार बसेको भएको बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आउने कार्तिक २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय महाधिवेशनमा ५० हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५ सय प्रतिनिधिले महाधिवेशनमा सहभागी जनाउने महामन्त्री विनोद डाँगीले जानकारी दिए । त्यसै गरी बैठकले विधान शंशोधनको सिफारिस गर्न अधिवक्ता दयाराम कंडेलको संयोजकत्वमा गणेश कुमार श्रेष्ठ, गोविन्दनाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार विष्ट सम्मिलित समिति गठन गरेको छ।
त्यसैगरी महामन्त्री डाँगीको संयोजकत्वमा सबै प्रदेशमा संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थानिय क्षेत्रमा संयोजक तोक्न सिफारिस समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले बताए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसँग सहकार्य गर्दा खेरि धोका खानु परेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस