सुनसरीमा ३ दिन मात्रै निषेधाज्ञा थपिए(विज्ञप्ति सहित )
407 Views
धरान,खाेज मिडिया २९ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातीदेखि यसअघि थपिएको निषेधाज्ञा सकिने भएपछि थप ३ दिन निषेधाज्ञा लम्ब्याईएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार साउन ३० गतेदेखि ३२ गते मध्यरातीसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । तीन दिन मात्र निषेधाज्ञा थपिए पनि निषेधाज्ञा अन्त्य भने नभएको प्रजिअ ढकालले बताए ।
प्रजिअ ढकालका अनुसार धरानको सन्दर्भमा कडा निषेधाज्ञा गर्नुपर्ने भएकोले अहिलेलाई ३ दिन मात्रै थपिएको हो । उनले साउन ३२ गते धरानमा आएर कति कडाई गर्ने भनेर छलफल गरेपछि निषेधाज्ञा पुनः थप हुने प्रष्ट पारे । 
धरानमा संक्र*मण ज्यादै भएकोले अलग्गै निर्णय गर्नुपर्ने छ। त्यसैले ३२ गते धरान आएर छलफल गछौं ।’सिडिओ ढकालले भने! धरानमा कति कडा गर्ने भनेर छलफल हुन्छ । धरानमा कडा नै हुने सम्भावना छ ।’





प्रतिक्रिया दिनुहोस