कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म हुने, विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालय वा होम सेन्टरबाटै दिने पाउने
1164 Views
काठमाडौँ, ५ साउन, खोज मिडिया । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्ड जनाएको छ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालय वा होम सेन्टरबाटै दिने पाउने भएका छन् । परीक्षा शनिबार पनि सञ्चालन गरिने पन्तले बोर्डले जनाएको छ ।
गत जेठमा हुने परीक्षा कोरोनाभाइरसको संक्रमण महामारीका कारण रोकिएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । त्यस्तै, बोर्डले यो पटक १०० पूर्णांककै गराउने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो ।
बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
प्रतिक्रिया दिनुहोस