नेपालमा गाँजा अवैधानिक छ तर गाँजा सेवन गर्दा बेफाइदामा भन्दा फाइदा धेरै
1156 Views
काठमाडौँ, असार २१, खोज मिडिया । गाँजा फाइदाजनक छ या छैन भन्ने विषयमा वैज्ञानिकहरूबीच नै विवाद छ । यस सन्दर्भमा भएका करिब पाँच दर्जनभन्दा बढी अनुसन्धान अध्ययन गर्दा ६ सय ८५ तथ्यले गाँजाको फाइदाको पक्षमा वकालत गरेका छन् । २ सय ३५ तथ्यले तटस्थ र ८५ तथ्य बेफाइदामा देखिएका छन् ।
डा. विनोद घिमिरे
गाँजालाई चेतनाको फरक अनूभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ । दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग भइरहेको देखिन्छ । शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजालाई लिइने परम्परा पहिलेदेखि नै रहिआएको छ । त्यसैले यो दिन मिठाई वा लड्डुमा गाँजा राखेर खाने परिपाटी रहिआएको छ । नेपालमा धेरैजसोले एडिक्सनका हिसाबले चुरोटमा राखेर खाने गर्छन् ।
फाइदा
१. गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टिएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
२. डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाइ’ हुन्छन् । त्यसपछि उनीहरूको ‘मुड फ्रेस’ हुन्छ ।
३. कम समयलाई पनि लामो महसुस गराउँछ ।
४. गाँजाले खानेकुरामा रुचि बढाउँछ । एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा रहेको छ ।
५. आँखाको प्रेसर पनि कम हुन्छ ।
जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्याउँछ ।
१. पाचनप्रणाली राम्रो हुन्छ । छारेरोगीलाई पनि फाइदा पुर्याउँछ ।
२. क्यान्सरमा किमोथेरापीपछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहिआएको छ ।
३. गाँजा खाएर झैझगडा गर्ने कम हुन्छन्, सिर्जना पनि प्रस्फुटन हुन्छ ।
बेफाइदा
१. लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
२. यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ ।
गाँजा तथ्य
विपिन कार्की / डाइटिसियन
१. पहिले गाँजा भन्नासाथ नकारात्मक रूपमा र खतरनाक लागू औषधका रूपमा लिइने भए पनि समयसँगै यो अवधारणा परिवर्तन भएको छ ।
२. नेपालमा अहिले पनि गाँजालाई लागूऔषधका रूपमा हेरिन्छ । गाँजा भन्नासाथ नाक खुम्च्याउने परिपाटी अहिले पनि कायम छ ।
३. जबदेखि मानिसलाई गाँजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग तथा ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।
४. सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पर्टले गरेको अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाँजाको असर तुलनात्मक रूपमा कम हुन्छ ।
५. विश्व स्वास्थ्य संगठनका अनुसार गाँजा वा भाङमा औषधीय गुण हुन्छन् । विश्वका करिब २ दशमलव ५ प्रतिशत जनसंख्याले गाँजा वा भाङ खान्छन् ।
६. गाँजा खाएपछि सिर्जनामा केन्द्रित हुन सहज हुने भएकाले धेरै गायकले पनि यसको प्रयोग गर्ने गरेका छन् ।
७. गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस