रौतहटमा ग्राण्डी अस्पताल को*रोना सं*क्रमितलाई शत प्रतिशत निको पार्नमा सफल
1146 Views
रौतहट, २१ जेठ, खोज मिडिया । रौतहटमा एक प्राइभेट अस्पतालले को*रोनाका बि*रामीहरुलाई शतप्रतिशत ठिक पारेको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ५ झाझपुलमा सञ्चालनमा रहेको रौतहट ग्राण्डि अस्पताल प्रा.ली.ले छोटो समयमा नै को*रोना भा*इरसको म*हामारीको ल*डाइमा सफलता हासिल गरेको छ ।
रौतहटमा पछिल्लो समय को*रोना भा*इरसको उच्च जो*खिमका रहेको बेला रौतहट ग्राण्डि अस्पतालका स्वास्थ्यकर्मीहरुले को*रोनाका बिरामीहरुलाई शत प्रतिशत निको पार्न सफल भएको हो । नेपाल सरकारले होमआइसोलेसनमा नै बस्न प्राथमिकता दिएपछि रौतहटका को*रोना सं*क्रमितहरु घरमा नै बसिरहेका छन । रौतहट लगायत सर्लाही, महोत्तरी, धनुषाका २५ जना सं*क्रमितहरु आफ्नो अस्पतालमा उपचारपछि ठिक भएको डाक्टर संजिप जयसवालले बताउनु भयो । को*रोना सं*क्रमितहरु अन्तिम अबस्थामा फोक्सोमा भा*इरसले आ*क्रमण गरिसकेको अबस्थामा आउने गरेको र अक्सिजन बिना बाच्न नसक्ने अबस्थाका अस्पतालको अथाह प्रयासपछि बिरामीहरुले को*रोना जित्न सकेको डाक्टर राकेश स्वर्णकारले बताउनु भयो ।
को*रोनाको ल*डाइमा रौतहट ग्राण्डि अस्पतालमा उपचारमा कुनै कमी नरहेको सं*क्रमितहरुले बताएका छन । गत बर्ष २०७७ फागुन २६ गतेबाट सञ्चालनमा आएको सो अस्पतालले को*रोना भा*इरसको दोस्रो लहरको संकटको घडीमा २०७८ बैशाख २४ गतेबाट सुविधा सम्पन्न को*भिड वार्ड सञ्चालनमा ल्याएको थियो । अस्पतालमा भेन्डिलेटरसहित आ*इसियु ,अक्सिजन लगायतको सुविधा रहेको छ । रौतहटको मध्य भाग गरुडा झाँझ पुलमा रहेको यस अस्पतालमा सहज सरल र सुविधा सम्पन्न सेवा प्रदान गर्नेमा कुनै कन्ज्युसाइ नहुने सञ्चालक डाक्टर सञ्जीव जयसवालले बताउनु भयो ।
साे अस्पतालमा डाक्टरहरूकाे टिममा डाक्टर स्वर्णकार सँगै डा.विक्रान्त मेहता, डा.सुभाष सिंह, डा.सृजना खाती, हे.अ.सुर्यनारायण यादव, सुर्यनारायण यादव, राकेश यादव, अ.हे.व. विजय यादव, अनमी तिर्थ तमाङ्ग, माया गुरूङ, लैब टेकनिसियन जितेन्द्र मुखिया, रेडियोग्राफर मन्दिप चाैधरी, स्टाफ नर्स खुसबु यादव रहेका छन् । राैतहटमा दक्ष जनशक्ति सहित सुविधा सम्पन्न हस्पिटलकाे रूपमा ग्राण्डी हस्पिटल परिचित हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस