गायिका शान्ति परि*यारकाे सुखि परिवार,
1164 Views
रजनि तामाङ , खाेज मिडिया जेष्ठ १३। लोक दोहाेरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परि*यार केही समय एता सामाजिक संजालमा कम सक्रिय थिइन् । सन्तानकी आमा बन्दै गरेकी उनी केही समय बाहिर देखिएकी थिइनन् । बिवाह गरेको बर्षौपछि उनी आमा बनेकी हुन् । यतिबेला उनको दैनिकी छोरीको स्याहार सुसार बनेको छ । मा*तृत्वको भरपूर्ण उपयोग गरिरहेको उनी बताउँछिन् । साेमबार उनले छाेरीकाे अन्नप्राशन गरेकी छिन् । छोरीको नाम श्रीविन्दू राखेकाे उनले बताइन् । नि*षेधा*ज्ञाका कारण उपस्थित हुन नसकेका परिवारजनसँग उनले भ*र्चुल सम्वाद गरेकाे फाेटाे पनि सार्वजनिक गरेकी छिन् । गलबन्दी , बोल माया, चौका दाउँ, लाउन्न दाजै पिरती, म झरेको पात लागायतका दर्जनौ गीतहरुले नेपाली दर्शक श्रो*ताहरुको मन जीत्न सफल भएकी छिन् शान्तिश्री । नेपाली लोकदोहरी क्षेत्रमा चर्चामा रहने नामहरुमध्य शान्तिश्री अग्र*पं*क्तिमा आउछ । उनको शालीन् व्यक्तित्व र स*रल स्वभावले सबैको मन जितेको छ ।रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी गायिका शान्तिश्री गीतहरुको लोकप्रियताकै कारण विश्वका कयौं देशहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।दश वर्ष अघि बैवाहिक जीवनमा बाँधिएकी शान्तिश्री वि*भिन्न स्टे*ज कार्यक्रम तथा गीत रेक*र्डिङ र सुटिङको व्यवस्ताको कारणले सन्तान जन्माउने विषयमा ठो*स योजना बनाउन नसकेको बताउँछिन् । अब भने उनमा खुशीकाे सीमा छैन । पछिल्लो समय कोरोनाको प्र*भावले लामो समय सम्म लकडाउन हुने र स्टे*ज कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरु कम हुने भएपछि आफूहरुको लागि यो समय सन्तान जन्माउनका लागि उत्तम लागेर योजना बनाएको लुम्बिनी संचारसँग अनुभव सुनाइन् । योजना अनुसार नै गत माघ दश गते छोरीको जन्म भयो । आमा बन्न पाउँदा अत्यन्त खुशी भएको र आफ्नाे वैवा*हिक जीवनले पूर्ण*ता पाएको उनले बताइन् । शान्तिश्रीका श्रीमान नारायण भुजेल सामाजिक कार्य*कर्ताकाे रुपमा क्रिया*शील छन्।
प्रतिक्रिया दिनुहोस