यार्चागुम्बा सकंलन निकुञ्जबाट खुल्ला,
446 Views
मकालु,खाेज मिडिया जेष्ठ ९। वर्षैपिच्छे सकंलन गर्दै आएकाे यार्चागुम्बा यसपालि काेभिडकाे जाेखिम बढेपछि यार्चा सकंलन राेक लगाईएकाे छ। मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमुल्य जडिबुटी यार्चागुम्बा सकंलन यस वर्ष राेक लगाईएकाे छ। काेभिड-१९ जाेखिम न्युनिकरण तथा सुरक्षा संवेदन-शिलतालाई ध्यान दिएर राेक लगाईएकाे भनि निकुञ्ज कार्यलय सङ्खुवा-सभाका प्रमुख रामदेवि चाैधरीले बताउनुभयाे। विगतका वर्षमा उक्त निकुञ्जले यार्चागुम्बु सकंलनका लागि जेठको पहिलाे हप्ता खुल्ला गर्ने गरेकाे थियोे । निकुञ्जकाे सुचना विपरित यार्चागुम्बु सकंलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९काे २०३०बमाेजिम कारबाही गर्ने निकुञ्जका प्रमुख चाैधरीले बताउनुभयाे ।
बिगतका वर्षमा २०-२५के जि सम्मा यार्चागुम्बु सकंलन हुने गरेकाे तथ्यांक छ। यार्चागुम्बु मकालु गाउँपालिका,भाेटेखाेला, र सिलिचाेङ गाउँपालिका क्षत्रकाे मकालु बरुण निकुञ्ज लगायत ठाउँमा पाईन्छ ।उच्च हिमाली क्षत्रका बासिन्दाकाे मुख्य आम्दानीको स्रोत यार्चागुम्बु मानिन्छ।नेपालमा १०प्रजातिकाे पाईने निकुञ्जले जनाएकाे छ। बहुमुल्य जडिबुटी यार्चागुम्बु विश्वका २७देशमा मात्र पाईन्छ। गुणस्तरका आधारमा १नम्बरकाे यार्चागुम्बुलाई प्रती केजि ४०लाख सम्ममा बिक्री हुने भए पनि सखुंवासभामा प्रति केजि साढे ५लाखदेखि साढे ७लाख सम्म किनबेच हुन्छ भनी व्यापारीले बताए।
प्रतिक्रिया दिनुहोस