पाँच दलकाे विज्ञप्ति बाहिरियाे,
646 Views

रजनि तामाङ पाेखरा खाेज मिडिया जेष्ठ ८। नेपालमा काङ्ग्रेस ,माओवादी केन्द्र ,नेकपा एमाले,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाका नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेकाे कदम असंवैधानिक अलाेकतान्त्रिक, प्रतिगामी र अनैतिक भएकाे निष्कर्ष निकाल्दै प्रतिराेधका लागि आह्वान गरेका छन । नायँ बानेश्वरमा बसेकाे विपक्षी गठबन्धनकाे बैठकले प्रतिनिधि सभा विघटन विरुद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय समेत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सडकबाट पनि त्यसकाे प्रतिराेध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने बताए । उनले सरकारले घाेषणा गरेकाे कात्तिक ,मङसिरकाे चुनावबारे के गर्ने भन्ने बारे निर्णय हुन बाँकी रहेकाे बताए। (हिजाे का सबै१४९ जनाकाे हस्ताक्षर लिएर सर्वाेच्च अदालतमा रिट हाल्न जान्छौं अदालतले लाेकतन्त्रकाे पक्षमा निर्णय गर्नेछ भन्ने हामीलाई विश्वास छ।) प्रचण्डले भने । उक्त विज्ञप्तिमा शेर बहादुर देउव, पुस्पकमल दाहाल, माधवकुमार , उपेन्द्र यादव र दुर्गा पाैडेलले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस