गाँजा सहित तीन महिला रौतहटमा पक्राउ।
1112 Views
ललन कुमार चौरसिया ।
रौतहट ८ पुस, खोज मिडिया । रौतहटमा तीन महिला गाँजा सहित पक्राउ परेका छन् । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं.४ मेथुरचोक स्थित सडक खण्डमा आवत जावत गर्दै गरेको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चन्द्रपुर देखि गौरतर्फ आउदै गरेको गाडी ना.१ ह.५७५५ नं.को टेम्पु रोकी चेकजाँच गर्दै तीन जना महिलालाई प्रहरीले पक्राउ गरिएको हो ।
वहाँहरूको साथबाट १० किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएका हुन् । पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं.११ शक्तिखोर बस्ने ३० बर्षकी अस्मिता प्रजा , सोही ठाउँ बस्ने २६ वर्षकी रेशमा प्रजा र ३४ वर्षकी मनमती चेपाङ रहेका छन् ।
बरामद गरिएको गाँजा सहित ऊनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रौतहटमा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको हो ।





प्रतिक्रिया दिनुहोस