रौतहट राजपुर नगरपालिकामा असमान नेपाल द्वारा संघ संस्थाका समन्वय बैठक सम्पन्न।
465 Views
ललन कुमार चौरसिया
रौतहट ३ पुस, खोज मिडिया । रौतहट जिल्लाको राजपुर नगरपालिकामा डब्लु एच एच असमान नेपाल र राजपुर नगरपालिकाको समन्वय तथा सहकार्यमा उत्थान परियोजना अन्तर्गत राजपुर नगरपालिकामा पहिलो पटक संघ संस्थाहरुको समन्वय बैठक नगर प्रमुख श्री सकिल अख्तरको अध्यक्षतामा तथा प्रशासकिय प्रमुख बैजु ठाकुरको प्रमुख आतिथ्य र नगरपाकिलाका अन्तर्गत कार्यरत संघ संस्थाहरुको सहभागीतामा सम्पन्न भएको छ ।
राजपुर नगरपालिकाा अन्तर्गत कार्यरत संघ संस्थाहरु तथा नगरपालिका संगको समन्वय तथा सहकार्य गर्ने उदेश्यले शुरु भएको यो बैठकमा संघ संस्थाहरुको आआफ्नो कार्य प्रगति प्रस्तुती, आगामी योजना प्रस्तुती, क्रियाकलाप दोहोरोपन न्युनिकरण तथा राष्ट्रिय तथा अन्ततर्राष्ट्रि दिवसहरु नगरपालिका संग सहकार्य तथा समन्वय गरी संयुक्त रुपमा मनाउने प्रस्तावहरु माथी छलफल गरी सर्वसहमती बाट निर्णय गरिएको छ। साथै प्रत्येक तिन – तिन महिनामा यो समन्वय बैठक बस्ने निर्णयका साथ यो बैठकको शुरुवात गरिएको कुरा आसमान नेपालका जिल्ला संयोजक हरेराम ठाकुरले बताए ।
यस बैठकमा आफनो मन्तव्य राख्दै प्रसाशकिय प्रमुख तथा यस बैठकका प्रमुखअतिथि बैजु ठाकुरले आसमान नेपाललाई धन्यवाद दिदै यो बैठक नगरपालिकाका लागि एकदमै प्रभावकारी तथा उपलब्धी मुलक रहेको साबित भएको छ र यो बैठक आसमान नेपालले पहिलो पटक शुरुवात गरी संघ संस्थाहरु बीच समन्वय तथा सहकार्य गर्ने ठुलो मदतपुर्याएको छ । साथै नगरपालिकामा कार्यरत संघ संस्थाहरु मध्ये आसमान नेपालले मात्र २०७७।०७८ को आफनो बार्षिक कार्यक्रम तथा बजेट नगरपालिकामा पेश गरेकोले अन्यबाकी सघं सस्थालाई पनि आफ्ना कार्यक्रम तथा बजेट पेश गर्न अनुरोध समेत गर्नु भयो ।
साथै विश्व कोरोना माहामारीको बेलामा पनि विभिन्न स्वास्थ्य तथा सुरक्षा समााग्री वितरण गरि सहयोग गर्नुको साथै कुपोषित बच्चा तथा सुत्केरी गर्भवतीी आमाहरुलाई पनि पोषन खाना बितरण गरी ठुलो सहयोग पुर्याएको कार्यक्रममा निरन्तरताको अपेक्षा राख्नु भयो । यसै क्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख तथा यस बैठका अध्यक्षता ग्रहन गर्नु भएका श्री सकिल अख्तर ज्यूले आसमान नेपालले कार्यक्रम मार्फत नगरपालिकामा सुशान, पोषण तथा स्वाथ्यको क्षेत्रमा सहयोग गर्दै आएको र नगरपालिकामा रहेकाा कुपोषित बालबालिकाहरुको लागि पोषण खाना सम्बन्धी कार्यक्रम संचालन गर्नुको साथै बच्चा आमालाई पनि स्वास्थ्य सम्बन्धी शिक्षा तथा सचेतना दिदै आएको छ । साथै वहाले आसमान नेपाललाई धन्यवाद दिदै यो कार्यक्रम प्रभावकारी रहेको हुदा यो कार्यक्रमको निरन्तरताका लागि अनुरोध पनि गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस