नेपालमै पहिलो अन्तरास्ट्रिय बोन्बो सम्मेलन हुने
1234 Views
काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन र बोम्बो शुद्धिकरणका लागि अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन गर्न लागेको हो ।
काठमाडौंको बौद्धस्थित महेन्द्र बौद्ध माविमा फागुन ३ र ४ गते हुने बोम्बो सम्मेलमा एक हजार जना बोम्बोहरु सहभागी हुने समाजका अध्यक्ष महाराज भोम्जनले जानकारी दिए । उनका अनुसार नेपालभरिका विभिन्न जातजातिका झाँक्रिहरु सहभागी हुने छन् । यस्तै, ५ वटा देशका विदेशी झाँक्रिहरु समेत सहभागी हुने अध्यक्ष भोम्जनको भनाइ छ ।
‘विशेषगरी बोम्बो एउटा साँस्कृतिक तथा धार्मिक प्रवद्र्धक हो । नेपालमा यसको आफ्नै महत्व र सत्यता छ । खास बोम्बो बाहिर आउन चाहदैनन् र आउन सकेको छैन,’उनले भने,‘हामीले आधिकारिक रुपमा संस्था दर्ता गरेपछि नेपाल भ्रमण वर्षको सन्दर्भमा यो सम्मेलन गर्दैछौं ।’
पहिलो दिन भव्य ¥याली हुने छ । यसपछि औपचारिक कार्यक्रम सहित विभिन्न जिल्लाका बोम्बोहरुले बोम्बो कैरन(कथा) नृत्य प्रस्तुत गर्ने उनको भनाइ छ । ‘जिल्ला र समुदाय अनुसार बोम्बो कला र नृत्य फरक हुन्छ । सबैको एउटै हुँदैन,’उनले भने,‘यसकारण जिल्ला र क्षेत्र अनुसार बोम्बोको नृत्य हुनेछ ।’
कार्यक्रमको दोस्रो भागमा बोम्बो सम्बन्धी कार्यपत्र प्रस्तुत हुने छ । एससिआरसिका अध्यक्ष खोजराज गोलेले ‘नेपालमा बोम्बो संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छ ।
कार्यक्रम व्यवस्थापक संयोजक चन्द्रजीत लामाले विभिन्न समिति र उप समिति बनाएर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सो कार्यक्रमका लागि नेपाल भ्रमण वर्ष सचिवालय, बौद्धनाथ क्षेत्र विकास समिति, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल लगाएतले सहकार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस