कसरी आनन्दसँग सम्पर्क गर्ने ? यस्तो छ डाक्टरको भनाइ !
1151 Views
मेरो विवाह भएको पाँच महिना भयो र यौनसम्पर्क पनि भैरहेको छ, तर कुनै–कुनै बेला लिंग योनिमा प्रवेश गराउन गाह्रो हुन्छ । त्यस्तो स्थितिमा लिंग हल्का तन्किएजस्तो भएर तलतिर जान्छ । यसले लिंगमा केही असर गर्छ कि गर्दैन रु अर्को कुरा, बाहिर–भित्र गर्दा धेरै बेर भयो भने लिंगमा घाउ हुन्छ । यसको समाधान कसरी गर्ने रु समग्रमा मलाई आनन्दसँग यौनसम्पर्क गर्ने उपाय बताइदिनुहोला रु
उत्तेजना कसरी हुन्छ र?
इन्द्रियहरूवाट ग्रहण गरेका सन्देश मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं । विभिन्न अङ्ग ९स्रोत० बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए हामीमा उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी उत्तेजक हुन्छ भन्ने कुरामा फरक पर्न सक्छ । यसरी उत्तेजित हुन थालेपछि रगत लिंगका धमनीबाट उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ । यसरी लिंगमा रगत भरिएर कडा, मोटो र लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं । यसरी उत्तेजित भएपछि मात्र योनिमा लिंग प्रवेश गराउन सकिन्छ । तपाईंलाई थाहै होला, लुलो लिंगलाई योनिमा प्रवेश गराउन सकिँदैन । लिंगको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा भर पर्छ । यौन शारीरिक क्रिया मात्र नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको एउटा जटिल कार्य हो । यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्द्रियवाट पनि आउँछन् जस्तै स्पर्श, दृष्टि, ध्वनि इत्यादि ।
किन गाह्रो भएको ?
कुनै–कुनै बेला योनिमा लिंग प्रवेश गराउन सकिएन भन्दैमा त्यति चिन्ता लिनु पर्दैन । सीमित जानकारीका आधारमा तपाईंलाई किन गाह्रो भएको होला भन्न नसकिए पनि यस्तो परिस्थिति सिर्जना हुने प्रमुख कारणहरूका सम्बन्धमा चर्चा गर्दैछु ।
१- तपाईंको हकमा लागू नभए पनि पहिलो पटक यौनसम्पर्क राख्ने वा यौनसम्पर्कको कम अनुभव भएका व्यक्तिलाई महिला यौनाङ्ग क्षेत्रको संरचनाका बारेमा पर्याप्त ज्ञान नहुनु एउटा कारकका रूपमा देखिएको छ । पहिलो त कतिपयलाई त्यहाँ तीनवटा द्वार हुन्छन् भन्ने सम्म थाहा नभएको पाइन्छ । अर्कातिर योनिको संरचना पछिल्तिर र माथितिर एक कोणको दिशामा अवस्थित हुन्छ । द्वार नमिल्दा वा मिले पनि लिंगको कोण नमिल्दा गाह्रो भएको पाइन्छ, तर तपाईंको विवाह भएको नै यति समय भैसकेको र नियमित यौनसम्पर्कमा रहेकाले यो कुरा सान्दर्भिक नहोला ।
२- तनाव स् सामान्यतस् योनिको मांसपेशी लचिलो हुन्छ, विशेष गरेर महिलामा यौनसम्पर्क गर्दा दुख्छ भन्ने लागे वा तनावपूर्ण स्थिति भए योनिको मांसपेशी बेस्सरी खुम्चन सक्छ । त्यस्तो अवस्थामा योनिमा लिंग त के त्योभन्दा सानो गोलाई भएको कुरा पनि प्रवेश गराउन समेत कठिन हुन्छ ।
३- सुख्खा हुनु स् सामान्यतस् योनि रसिलो हुन्छ । यौन उत्तेजनाको स्थितिमा त प्रशस्त रस आउँछ । योनि सुख्खा भएका बेला लिंग प्रवेश गराउन गाह्रो हुन्छ र यौनसम्पर्क पीडायुक्त समेत हुन्छ । त्यस क्रममा योनि र लिंग दुख्ने, पोल्ने आदि हुन्छ । तपाईले लामो समय यौनसम्पर्क राख्दा लिंगमा घाउ हुन्छ भनेको कुरा यसैसँग सम्बन्धित हुन सक्छ । तपाईंले नलेखे पनि त्यस क्रममा तपाईंकी श्रीमतीलाई समेत निकै पीडा भएको हुनुपर्छ ।
पर्याप्त उत्तेजित नहुनु लिंग
कसरी उत्तेजित हुन्छ भनेर माथि नै चर्चा गरिसकिएको छ । कतिपय अवस्थामा पुरुषको लिंग आवश्यक मात्रा उत्तेजित नभएको हुनसक्छ । त्यस्तो स्थितिमा लिंग योनिमा राम्रोसँग प्रवेश गर्न सक्दैन । अन्य कारणहरूमा योनिद्वार नजिकको ग्रन्थिमा संक्रमण भएको स्थिति छ भने योनिमा हुने पीडाले लिंग प्रवेशलाई गाह्रो बनाइदिन्छ । केही महिलामा योनिको बीचमा पातलो मासुको एउटा परत हुनसक्छ, जसले लिंग प्रवेशलाई कठिन बनाउन सक्छ ।
मांसपेशीको संकुचन
केही स्थितिमा महिलाको योनिको बाहिरतिरको भागमा विशेष संकुचन आउँछ, जसलाई ख्बनष्लष्कmगक भनिन्छ । यो विशेष गरेर मानसिक कारणले हुन्छ । यस्तो स्थितिमा लिंग योनिमा प्रवेश गराउन असम्भवजस्तै हुन्छ ।
कसरी आनन्दसँग सम्पर्क गर्ने र?
यौनसम्पर्कलाई हामी मध्ये धेरैले शारीरिक सम्पर्क भने पनि यसको मानसिक पाटो पनि त्यति कै बलियो हुन्छ । यौनसम्पर्क वास्तवमा यौन संवेदनशील अङ्गहरूका साथै स्नायु अनि मस्तिष्क सबैको सहकार्यमा हुने एउटा जटिल प्रक्रिया हो । त्यसैले पनि एकातिर शारीरिक रूपमा यौनसम्पर्कका लागि जसरी दुवै जना तयार हुनुपर्छ मानसिक रूपमा पनि त्यसरी नै तयार हुनुपर्छ ।
यौनसम्पर्कका लागि वातावरण बनाउन पाकक्रिडाले नै सहयोग गर्छ । कतिपय व्यक्तिले यौनसम्पर्क योनिमा लिंग प्रवेश गराएरै सुरु गर्छन्, जुन उपयुक्त होइन । सामान्य रूपमा भन्नुपर्दा, योनिमा लिंगको प्रवेश सुरु गर्नुभन्दा पहिले यौन उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमका क्रियाकलापलाई प्राक्क्रीडा भनिन्छ । चुम्बन, शरीर तथा यौनांग सुमसुम्याउने वा चलाउने आदि क्रियाकलाप मार्फत उत्तेजना वृद्धि गराउन सकिन्छ । यसका साथै आनन्दका साथ यौनसम्पर्क गर्न तनाव वा चिन्ता मुक्त हुनु जरुरी छ । सहज वातावरणमा तनावरहित भएर मात्र यौनसम्पर्क गर्नुपर्छ ।
समाधानका लागि के गर्नुपर्ला र?
तपाईं तथा तपाईंकी श्रीमतीलाई माथीका सम्भावित कारणहरूका बारेमा राम्रोसँग जानकारी हुने भएकाले त्यसको विश्लेषण गरी समाधानको उपाय खोज्नुपर्ने हुन्छ । महिला यौनाङ्गको संरचनाको राम्रो अवलोकन गरेर मात्र लिंगलाई योनिद्वारमा प्रवेश गराउनुपर्छ । योनि सुख्खा भए चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । कुनै संक्रमण भए वा संचरचनागत खराबी भए चिकित्सकको सहयोगमा उपचार गराउनुपर्छ । ख्बनष्लष्कmगक को कारण मानसिक भएकाले मनोचिकित्सकको सहयोग लिनुपर्ने हुनसक्छ । त्यस क्रममा मुख्य रूपमा लिंग पर्याप्त रूपमा उत्तेजित हुनुपर्छ भन्ने बिर्सनु हुँदैन ।
साभार: साप्ताहिक बाट
प्रतिक्रिया दिनुहोस