ताप्लेजुङमा सर्प दंशबाट एक युवकको मृ*त्यु
764 Views
ताप्लेजुङ,खोज मिडिया ३० असोज । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृ*त्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
शुक्रबार राति घतानीलाई सर्पले ड*सेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस