सुनसरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ जना घाइते
427 Views
सुनसरी,खोज मिडिया २७ असोज ।गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु भएको छ भने ६ जना घा*इते भएका छन् ।
सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२ २२३ ह १४३६ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा इटहरी १६ स्थित बालग्राममा प्रदेश३ ०१ ०२४च ९७२२ नम्बरको कारलाई ठ*क्कर दिएको थियो ।
मृ*त्यु हुनेमा सिटी सफारीमा सवार इटहरी ५ का २३ वर्षीय ईश्वर राउत रहेका छन् । टाउकोमा चोट लागेर गम्भीर घा*इते राउतलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घा इते हुनेमा सिटी सफारीमा सवार झापाको दमक ७ बस्ने ३४ वर्षीय हेमन्त बिक सुनसरीको रामधुनी ३ बस्ने ३० वर्षीय दिलीप कुमार चौधरी, कार चालक रामधुनी ३ कै ३० वर्षीय सन्दीप राउत त्यस्तै सोही स्थानका ३५ वर्षीय नगेन्द्र गुरुङ, इटहरी ५ का २४ वर्षीय सौगात अधिकारी रहेको प्र ह रीले बताएको छ ।
उनीहरूमध्ये ५ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै रामधुनी ३ का दिलीप कुमार चौधरी अवस्था ग*म्भीर रहेकाले नोबेल अस्पतालमा उपचार भई रहेको ट्राफिक प्र ह रीले जानकारी दिएको छ।
ठक्कर दिने ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।
दु र्घ टनामा परेका तीनै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस