कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृ*त्यु
680 Views
पोखरा,खोज मिडिया २५ असोज । कास्कीको घान्द्रुकमा जिप दु र्घ टना हुँदा आठजनाको मृ त्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दु र्घट ना हुँदा उनीहरूको घ ट नास्थलमै मृ त्यु भएको हो ।
नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।
सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए ।
‘एकजना महिला बाँच्न सफल हुनुभएको छ । अरु सबैको घ ट नास्थलमै मृत्यु भयो,’ उनले खोज मिडिया संग भने, ‘पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल पठाएका छौं ।’ उनीहरू दसैंको समयमा काठमाडौंबाट घुम्न आएका थिए ।
मृ त्यु हुनेमा एकजना जिप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ भने अरुको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरू चिन्ने अवस्थामा समेत नरहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस