रुपन्देही घटना , गोली लागेर मृ*त्यु भएका तीन जनाको सनाखत हुन सकेन
639 Views
बुटवल,खोज मिडिया २५ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृ*त्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घा*इते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ*त्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो ।
कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ । मृतकको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । आइतबार दिउँसो भएको घ ट ना मा १६ जना सर्वसाधारण घा इते भएका थिए । १६ जनामध्ये चार जनाको मृ*त्यु भएको छ भने एक जनाको अवस्था ग म्भी र रहेको प्र ह रीले जनाएको छ । झडपमा परी ३१ जना सुरक्षाकर्मी घा इते भएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घा इते भएको जानकारी दिए । आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए ।
उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गो*ली चलाउनु परेको बताए । ‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो’, तिवारीले भने, ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गो*ली चलाउनु परेको हो ।’
विगत एक सातादेखि मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन थालेकाे हाे





प्रतिक्रिया दिनुहोस