स्याङ्जामा जीप दु*र्घट*ना तीन जनाको मृ*त्यु, १४ घाइते
519 Views
काठमाडौं, खोज मिडिया २५ असोज । स्याङ्जामा जीप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृ*त्यु भएको छ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोमा दु*र्घट*ना भएको प्रहरीले जनाएको छ ।
दु र्घ ट नामा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली तथा सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।
गाउँकै तीन जनाको मृ*त्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । जीपमा सवार १९ जनामध्ये दुई जनाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा र एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जिप कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दु*र्घट*ना भएको प्रहरीले जनाको छ । दु*र्घट*नामा पर्नेहरू दशैँको बेला किनमेल गरी बजारबाट गाउँतर्फ फर्किदै गरेका थिए । प्र*हरीका अनुसार चालकसहित अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस