हात्तीले कुल्चिएर एक जनाको मृत्यु
1058 Views
काठमाडौं, खोज मिडिया २४ असोज । बर्दियामा हात्तीको आ*क्रमणबाट एक जनाको मृ*त्यु भएको छ । राजापुर–१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति हात्तीले कु*ल्चिएको अनुमान गरिएको बताए । दहितको श*व आज बिहान बाटोमा फेला परेको थियो ।
मृ*तकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिएकाल हात्तीले कु*ल्चिएको हुन सक्ने कार्कीले जानकारी दिए । उनका अनुसार घ*ट*नास्थल वरपर हात्तीका पाइला देखिएका छन्





प्रतिक्रिया दिनुहोस