पत्रकार कुट्ने र लुटपाटमा संलग्न युवराज र नवराजलाई २४ घण्टा हिरासत राखेर माफिको भागिदार
824 Views
कास्की , खोज मिडिया १ असोज । तालचोकमा रहेको पिजी रियल स्टेट एण्ड जब लिंक नामक कम्पनीका सञ्चालक कृष्ण पौडेलले ठगी गरेको बारेमा समाचार संकलनमा पुगेका गण्डकन्यूजका पत्रकार रञ्जन अधिकारीलाई हातपात गर्ने दुई युवकलाई २४ घण्टा हिरासतमा राखिएको जनाएको छ ।
काठमाण्डौ कलंकी स्यूचाटार घर भई पोखरा ७ मासबार बस्दै आएका ३१ वर्षीय युवराज लामा र पोखरा २७ तालचोक घर भई बिरौटा बस्दै आएको भन्ने ३० वर्षीय नवराज शर्मा पीडितकै न्यायका पक्षमा कलम चलाउने पत्रकारलाई कु*टेपछि प्र*ह*री खोरमा जाक्किएका छन ।
उनीहरुलाई थप का*रबा*ही प्रक्रिया अघि नबढाई अब आगामी दिनमा यसो नगर्ने प्रतिबद्धतापछि पत्रकार अधिकारीले माफी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट मुक्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले पीडित पत्रकार अधिकारीले जाहेरी दिएको खण्डमा तत्काल थप का*रबा*ही प्रक्रिया अघि बढाउने बताएका थिए । तीन दिनपछि विदेश जाने र घरको अवस्था कमजोर भएको भन्दै पीडक लामाले दुःखेसो पोखेपछि पत्रकार अधिकारीले आगामी दिनमा यस्ता अक्षम्य हर्कत नगर्न सचेत गराएका थिए ।
पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा र महासंघ कास्कीका सचिव माधव बरालको रोहवरमा मेलमिलाप गराई पीडक दुई जनाले माफी मागेपछि पत्रकार अधिकारीले क्षमा दिएका छन ।
पत्रकारमाथि हातपात गर्ने दुई युवकलाई डिएसपी सुवास हमालको निर्देशनमा सई थानेश्वर चपाईंले नि य न्त्रणमा लिएका थिए । पत्रकार अधिकारीलाई गत महिना पनि समाचार लेखेकै कारण ठगी कार्यमा संलग्नका परिवारले ज्यान लिने ध*म्की दिएका थिए । पटक-पटक मानसिक त ना व दिएपछि कानुनी उपचार खोजेका थिए । पीडकले माफी मागेपछि उनलाई पनि क्षमा दिइएको हो ।





प्रतिक्रिया दिनुहोस