दलित समुदायकी १५ बर्षिया किशारी सामुहिक बलात्कारको शिकार भईन
763 Views
मेवालाल यादव
रौतहट,१७ भदौं, खोज मिडिया । रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको १५ बर्षिया किशारी सामुहिक बला*त्कारको शिकार बनेकी छिन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा घर भएकी पासवान थर भएकी १५ बर्षिय किशोरीलाई गाउँकै तिन जना युवाहरुको समुहले मंगलवार अपरान्ह सामुहिक रुपमा बला*त्कार गरेका हुन् । किशोरी घरबाट दाउरा टिप्न नजिकैको आपको वगैचामा गएको वेला तिन जना युवाहरुले मुख थुनेर बलात्कार गरेका थिए ।
पिडिता किशोरीमाथि भएको बलात्कार पछिको पिडा सहन गर्न नसक्दै रुदै छटपटिरहेको अवस्थामा उनका छिमेकीहरुले घरमा पुर्याएपछि तत्कालै इलाका प्रहरी कार्यालय गरुडालाई खवर गरेको थियो । इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारी आफै घटनास्थलमा पुगेर पि*डिता किशारी माथि घटेको घटनाको अनुसन्धान गर्दै उक्त कार्यमा संलग्न रहेका एक जना युवकलाई गए राति १२.१० बजेको समयमा नि*यन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प*क्राउ परका १८ बर्षिय युवक किसुनी सहनीलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरेर जब*रजस्ती करणी मु*द्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिदै डिएसपी भण्डारीले पिडिता किशोरीलाई बुधवार स्वास्थ्य परिक्षण गराइसकेको तथा फरार रहेका अन्य दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको जानकारी उनले दिए ।





प्रतिक्रिया दिनुहोस