बाँच्ने-नबाँच्ने निधारमा लेखेको हुन्छ
497 Views
काठमाडौँ , खोज मिडिया १६ भदौ । सुस्मा कोइराला अस्पतालमा बालबालिका जलन उपचार वार्ड । उज्ज्वल विक्रम थापाले भेट्नेबित्तिकै सोधे! (तिम्रो मुटु कति बलियो छ?)
तेजाब र आ*गोले पोलेका पी*डितको उपचारमा थापा सहयोग पुर्याउँने गर्छन। यस्तो काम गर्न र त्यस प्रकारका बिरामी हेर्न मुटु बलियो मात्र होइन, करूणामय पनि हुनुपर्छ। प्रश्न सोधेपछि औंला मोबाइल स्क्रिनतर्फ दौडाएका उनले यस्तै बिरामीको फोटो देखाउँछन् भन्ने अनुमान लाउन गाह्रो थिएन।
जुम्लादेखि आगोले जलेर उपचारका लागि काठमाडौं आएका बच्चाबारे कुराकानी गर्न उनलाई धेरैपटक सम्पर्क गरेकी थिएँ। अनुमान गर्दै भने, ‘मैले सामाजिक सञ्जालमा ती बालकको फोटो देखेको छु।’
सामाजिक सञ्जालमा हालिने फोटा र आफूकहाँ आइपुग्ने पीडितको अवस्थामा धेरै अन्तर हुने बताउँदै थापाले थपे, ‘मैले देख्दा यस्तो देख्छु।’
उनले खिचेको फोटोमा बालकको जिउभन्दा तलको सबै भाग जलेको थियो। सामाजिक सञ्जालमा त खुट्टा काटिएको र ब्यान्डेजले बेरिएको मात्र थियो। उपचार गराउँदा गराउँदै बालकको ज्यान गयो। उनलाई लिएर आएकी आमा मनिता रावत जुम्ला फर्किसकिन्। ती बालकबारे थापाले नै बेलिविस्तार लगाएका छन ।





प्रतिक्रिया दिनुहोस