बिहीबार साँझदेखि लगातार वर्षा हुँदा तराईमा डुबान र पहाडी क्षेत्रमा पहिरोले धनजनको क्षति
496 Views
काठमाडौँ, भाद्र १२, खोज मिडिया । बिहीबार साँझदेखि लगातार वर्षा हुँदा तराईमा डुबान र पहाडी क्षेत्रमा पहिरोले धनजनको क्षति गरेको छ ।
पश्चिम नवलपरासी र दाङमा तीन जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । पूर्वी नवलपरासी र सिन्धुलीमा चार जना बेपत्ता छन् । तराईका कतिपय जिल्लामा डुबानका कारण हजारौं विस्थापित भएका छन् । पूर्व पश्चिम राजमार्गलगायतका सडक अवरुद्ध हुँदा सयौं गाडी अलपत्र परेका छन् ।
कपिलवस्तुको वाणगंगा ११ ओदारीगाउँमा बिहीबार राति पसेको बाढी । वाणगंगाका मात्रै ७ बस्तीका ६० घर डुबानमा छन् । पश्चिम नवलपरासीको रामग्राम १८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीपको मृत्यु भएको डीएसपी राजु लामाले बताए । बाढीले बगाउँदा सुनवल ४ की १३ वर्षीया एलिसा तामाङ बेपत्ता छिन् । परासी, सुनवल, प्रतापपुर र सुस्तामा ७ सय घर डुबानमा छन् । स्थानीय तहसँग समन्वय गरेर उद्धार र राहतका काम गरिरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
राजमार्ग अवरुद्ध भएको र पानीको सतह बढ्दा उद्धार र राहत वितरणमा समस्या भएको छ, उनले भने, सुरक्षाकर्मीबाट उद्धारको प्रयास गरेका छौं ।





प्रतिक्रिया दिनुहोस