गाउँपालिकाले उधारो एम्बुलेन्स नदिदा शिशुको मृत्यु
540 Views
दैलेख, खोज मिडिया १० भदौ । दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले चुनावताका भोट माग्दा विशाला बाहकोट र विजारे चौरसम्म केवुलकारको सपना देखाएर भोट मागे । मतदाताले पनि शाहीको कुरालाई पत्याए । अध्यक्ष शाहीलाई नै मतदान गरी विजय गराएका थिए ।
तर, त्यही गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले गएको मंगलबार ठाटीकाँध गाउँपालिका –५ की मन्जु विकको नवजात शिशु विरामी हुँदा गाउँपालिकाले पैसा नभएकै कारण एम्बुलेन्स दिन मानेन । मन्जुकी नवजात शिशुको उपचारका लागि लैजाँदा लैजाँदै विच बाटोमै मृ*त्यु भएको हो ।
निमोनियाले थलिएकी मन्जुको छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको थियो । नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत लैजान गाउँपालिकाको एम्बुलेन्स उधारोमा लान नमान्दा छोरीको मृ*त्यू भएको पिडित परिवारले आरोप लगाएका छन ।





प्रतिक्रिया दिनुहोस