तनहुँ स्थित कारागार भित्र २ वर्षदेखि स्वास्थ्यकर्मी विहीन
359 Views
तनहुँ , खोज मिडिया ६ भदौ । तनहुँ जिल्ला स्थित रहेका कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको बताएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएको गुनासो गरेका छन ।
विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मीविहीन रहेको छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले बताएका छन ।
*यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको छ । यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ*। उनले भने , (अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हत्कडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।) कारागारमा हाल १११ थुनुवा र १७५ कैदीबन्दी गरी २८६ जना रहका छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको बताए ।
गर्मी वा चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुनसके सहज हुन्थ्यो।, उनले भने !, “सम्बन्धित निकायमा पटक–पटक यसबारेमा जानकारी गराएका छौँ ।” कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यसबारेमा जानकारी गराइए पनि हालसम्म केही सम्बोधन नभएको कारागारले बताएको छ । “करारमा राख्नका लागि कारागारसँग बजेट छैन, स्थायी कर्मचारीलाई नै पठाउन विभागमा अनुरोध गरेका छौँ”, उनले भने !
कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यसयता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको बताएका छन । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाइमा ध्यान दिएका छन् । “विगतका वर्षहरुमा खानेपानीको अभावले कैदीबन्दीलाई छालाको समस्या देखिन्थ्यो, शौचालय जान पनि पालो पर्खनुपर्ने बाध्यता थियो तर अहिले त्यस्तो समस्या समाधान भएको छ”, उनले बताए ।





प्रतिक्रिया दिनुहोस