कास्कीमा निषेधाज्ञामा कडाई सवारी साधनमा जोर-बिजोर लागू
371 Views
पोखरा, खोज मिडिया ३ साउन । कास्की प्रशासनले जिल्लामा जारी गरेको निषेधाज्ञाको समय एक साता थप गरेको छ । भदौ ३ गते राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको नि षे धा ज्ञामा जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।
यस सँगै जोर गते जोर नम्बरका सवारीसाधन तथा बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।
जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सेवा व्यवसायहरुमा पुन: एक साता बन्देज लगाइएको छ । विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ ।
मानिसहरु भि ड भा ड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ । पुर्व निर्धारित बैबाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ । 






प्रतिक्रिया दिनुहोस