शव पुराएर फर्किएको एम्बुलेन्स सडकमा दुर्घटना , एकको मृत्यु
452 Views
रोल्पा, खोज मिडिया ३० साउन । रोल्पामा एम्बुलेन्स दु र्घ ट ना हुँदा चालकको घ टना स्थलमै मृ त्यु भएको छ। अर्का एक जना हाम्फालेर बाँच्न सफल भएका छन् । माडी गाउँपालिका वडा नं. २ खोलाबाङ भन्ने स्थानमा शनिबार बिहान ४ बजेतिर रा१च ७०५ नम्बरको एम्बुलेन्स दु र्घट ना हुँदा माडी-६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको घ ट नास्थलमै मृ त्यु भएको हो ।
रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले माडी-६ का ३८ वर्षीय प्रितिप्रसाद पुन भने हाम्फालेर ज्यान जोगाउन सफल भएको बताए । डिएसपी सुवेदीले माडी-२ की एक जना महिला घरभित्र आफैं लडेर अचेत भएपछि सुनिल स्मृति अस्पतालको एम्बुलेन्सबाट भैरहवा उपचारका लागि लगिएको थियो।
शव पुर्याएर फर्किने क्रममा एम्बुलेन्स माडी-२ खोलाबाङमा सडकबाट झन्डै ६ सय मिटर तल खस्न पुगेको डिएसपी सुवेदीले बताए। *घाइतेका अनुसार चालक निदाएका कारण दु र्घ टना भएको भन्ने छ,* डिएसपी सुवेदीले भने । घ ट नाबारे अनुसन्धान भइरहेको पनि प्र हरीले जनाएको छ। ती महिलाको भैरहवामै उपचारका क्रममा मृ त्यु भएपछि सोही एम्बुलेन्सले श व बोकेर घरमा पुर्याएको बताएको छ ।





प्रतिक्रिया दिनुहोस